गृहपृष्ठ लागूऔषध सहित विभिन्न ठाउँका ६ जना पक्राउ

लागूऔषध सहित विभिन्न ठाउँका ६ जना पक्राउ

लागूऔषध सहित विभिन्न ठाउँका ६ जना पक्राउ

लागूऔषध सहित विभिन्न ठाउँबाट ६ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बाँके, नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट ब्राउनसुगर ३ ग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ बस्ने १९ वर्षीय गगन कार्की पक्राउ परेका छन् ।

उनलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै उनको साथमा लागूऔषध भेटिएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सुनसरीको दुहबी नगरपालिका–५ फुटबल चोकबाट ९ केजी गाँजासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार जिल्ला अररिया पिपरा पञ्चायत–६ बिसनपुर टोल बस्ने २२ वर्षीय दिपेश यादव र भारत बिहार जिल्ला अररिया मझवा पश्‍चिम पञ्चायत–३ ईन्द्रपुर रानीगन्ज टोल बस्ने २० वर्षीय अभिषेक यादव रहेका छन् । प्रहरी पोष्‍ट दुहबीबाट खटिएको प्रहरीले को।१ ख ७८७५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साथै, कैलालीको धनगढी उपमहानगरपालिका–२ व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ८ सय ६० मिलिग्रामसहित गोदावरी नगरपालिका–१ बस्ने २४ वर्षीय हेम सिंह साउदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, मकवानपुरको हेटौडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित सडकबाट खैरो हेरोईन ५ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी–४ बस्ने १७ वर्षीय किशोर र बारा ईटयाही गाउँपालिका–१२ बस्ने १४ वर्षीय किशोर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना।१ ज ८६८८ नम्बरको माईक्रोबसलाई जाँच गर्ने क्रममा माइक्रोबसमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु