काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनआइसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी

6.53K
shares

एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । संस्थाले ६ पदका लागि १५५ जना कर्मचारी माग गरेको हो ।

संस्थाले सहायक प्रबन्धकमा ७ जना, वरिष्ठ अधिकृत तथा अधिकृतका लागि १८ जना, सुपरभाइजर, वरिष्ठ सहायक र सहायक पदका लागि ३० जना र प्रशिक्षार्थीमा १०० जना कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ । संस्थाले केन्द्रीय कार्यालय, आफ्नो विभिन्न शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।