गृहपृष्ठ सुकमेल खानुका फाइदा
सुकमेल खानुका फाइदा
भूमिका बिष्ट/न्युजकाराेबार
सुकमेल सबैले चिनेजानेकै मसला हो । यो नियमित भान्सामा प्रयोगमा आउने भए पनि यसका धेरै फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ । सुकमेल सामान्यतया विभिन्न प्रकारका भोजनहरुमा मिठो स्वाद बढाउन प्रयोग गरिने पोषणविद् मिरा शाह बताउँछिन् ।
‘सुकमेल हामी सबैले खाइरहने गर्छौ । यसका धेरै नै फाइदाहरु छन् ।,’ उनी भन्छिन्, ‘अपच भएका बेला सुकमेल, अदुवा तथा मरिच पिसेर खाए फाइदा हुन्छ । सुकमेल खाए सास गन्हाउने समस्या कम हुन्छ । यसले मुखमा भएका कीटाणु नाश गरी श्वासलाई ताजा बनाउँछ ।’
सुकुमेलमा प्रशस्त मात्रामा नियासिन, पाइरिडोक्सिन, रिवोफ्लाभिन, थियामाइन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्यांगनिज, म्याग्नेसियम, फोस्फोरस र जिंक पाइन्छ । जसले हामीलाई स्वास्थ्य सम्बन्धी धेरै समस्याबाट राहत दिने उनी बताउँछिन् ।
१. फोक्सोको समस्यालाई हटाउँछः सुकमेलले फोक्सोमा रक्त सञ्चालनको गतिलाई बढाउँछ । यसले श्वासको समस्या जस्तैः चिसो र खोकीबाट राहत प्रदान गर्दछ । आयुर्वेदमा सुकमेलको परिणाम गर्मी मानिएको छ । जसले शरीरको लागि गर्मी दिन्छ । त्यसकारण यसको सेवन गर्नाले तपाईको शरीरमा कम भन्दा कम चिसोको असर हुन्छ।
२. रक्तचाप नियन्त्रण गर्छः सुकमेलको सेवन गर्नाले रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ । मानव शरीरमा धेरैजसो रोग उच्च रक्तचापको कारण जन्म लिन्छ । यदि तपाई पनि प्रतिदिन दुईदेखि तीनवटासम्म सुकमेलको सेवन गर्नुहुन्छ भने तपाईँ रक्तचापबाट मुक्त हुनुहुन्छ । सुकमेलले स्वाद बढाउनुका साथै माउथ फ्रेश्नरको काम पनि गर्छ । यसको सेवन गर्नाले मुखको गन्धमा सुधार आउछ । यदी तपाईको मुख धेरै गनाउँछ र मान्छेहरु तपाईँको छेउमा पर्न हिचकिचाउँछन् भने हर समय एउटा सुकमेल मुखमा राख्न सक्नुहुन्छ ।
३. सुकमेलले मुटुको धड्कनमा सुधार ल्याउँछ: सुकमेलमा पोटाशियम, क्याल्शियम र म्याग्नेशियम जस्ता खनिज पदार्थ हुने भएका कारण मानवको रक्त, शरीरमा पाइने तरल पदार्थको मुख्य तत्व पोटेशियम हो । सुकमेलमा पोटाशियम पर्याप्त मात्रामा पाइन्छ ।
४. कब्जियतबाट राहतः पेटमा कब्जियत यानी बिरामीको निम्तो । त्यसैले सबैले प्रयास गरिरहेका हुन्छन् कि कब्जियतको समस्या नहोस् । यदि तपाईँ कब्जियतबाट पीडित हुनुहुन्छ भने सुकमेल पकाएको पानी पिउनाले तपाईँलाई फाइदा गर्छ । यसले तपाईँको पाचन क्रियालाई सहि बनाएर कब्जियतबाट राहत दिन्छ ।
५. तनावमुक्त राख्छः यदि तपाईँ प्रायः तनावमा हुनुहुन्छ भने सुकमेलको सेवनले तपाईँलाई लाभदायक साबित गर्नेछ । तपाईँ एक्लै हुनुहुन्छ र तपाईँ अधिक तनावमा हुनुहुन्छ भने यस्तो अवस्थामा दुईवटा सुकमेल मुखमा हालेर चपाउँनुहोस्। यसलाई चपाउनले तुरुन्त हार्मोनमा परिवर्तन आउँछ र तपाई तनावबाट मुक्त हुनुहुन्छ ।
६. उल्टी हुने समस्यामा राहतः तपाईँलाई केहि किलोमिटर यात्रा गर्दा उल्टी हुने समस्या छ भने यात्रा शुरु गर्नुभन्दा पहिला सुकमेलको प्रयोगले यस समस्यालाई हटाउन मद्दत गर्नेछ । यदि तपाईँलाई यात्रामा सबै समय उल्टीको समस्या हुनसक्छ भन्ने लाग्छ भने तपाईँले सम्पूर्ण समय सुकमेललाई मुखमा राख्न सक्नुहुन्छ ।
प्रकाशित समय : १०:०० बजे



















