गृहपृष्ठ योग शारीरिक अभ्यास मात्र नभई जीवनशैलीको प्रक्रिया हो : प्रधानमन्त्री प्रचण्ड
योग शारीरिक अभ्यास मात्र नभई जीवनशैलीको प्रक्रिया हो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल योग भूमि र योग धरोहर भएको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको बताए ।
नेपालको सांस्कृतिक इतिहासअनुसार यहाँका पुराना भवन र शहर निर्माणमा पनि योगको ज्ञान, विज्ञान र वास्तु इन्जिनियरिङको प्रयोग गरिएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएकोसमेत बताए ।
तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।
हरेक वर्ष जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने गरिन्छ ।
प्रकाशित समय : ०९:२८ बजे



















