गृहपृष्ठ पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण
पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक आज अन्तर्राष्ट्रिय विमान अतवरण गरेको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्स पोखरा विमानस्थलमा अवतरण गरेको हो ।
विमान पोखरा विमानस्थलमा एयरबस ३१९ को जहाज ९ बजेर ६ मिनेटमा अवतरण गरेको नेपाल नागरिक उड्डययन प्राधिकरणले जनाएको छ ।
जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डलसमेत सवार छ ।
यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ । आजबाट पोखरामा सुरु भएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन चिनियाँहरू पोखरा आएका हुन् ।
पोखरामा उक्त जहाजको अर्को उडानबारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ। अंग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो।
उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै भइरहेको थियो ।
प्रकाशित समय : १०:१६ बजे



















