गृहपृष्ठ साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आज फिलिपिन्ससँग खेल्दै
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आज फिलिपिन्ससँग खेल्दै
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबार फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ। साफ च्याम्पियनसिपको कमजोर तयारीका बीच नेपाल तुलनात्मक रूपमा बलियो फिलिपिन्ससँग आफ्ना कमजोरी पत्ता लगाउने प्रयासमा मैदान उत्रिने छ ।
फिलिपिन्ससँग उसैको घरेलु मैदान रिजल मेमोरियल स्टेडियममा आज अपरान्ह ४ः४५ बजे सुरु हुने खेलमा उसलाई हराएर प्रारम्भिक आलोचनालाई मथ्थर गर्ने प्रयासमा हुने छ ।
नेपाल र फिलिपिन्ससँग सातौंपटक प्रतिस्पर्धा गर्न लाग्दा दोस्रो जितको प्रयासमा हुने छ । यसअघि भएका ६ भेटमा फिलिपिन्सले ४ मा जित निकाल्दा एक खेल बराबरी र अर्को एक खेलमा नेपालले जित निकालेको छ।
भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारीअन्तर्गत नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
प्रकाशित समय : ११:१५ बजे


















