global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौं–हेटौँडा जोड्ने दुई राजमार्ग पहिरोले अवरुद्ध

काठमाडौं–हेटौँडा जोड्ने दुई राजमार्ग पहिरोले अवरुद्ध

काठमाडौं–हेटौँडा जोड्ने दुई राजमार्ग पहिरोले अवरुद्ध

काठमाडौं–हेटौँडा जोड्ने दुईवटा राजमार्ग पहिरोले अवरुद्ध बनेका छन् । बुधबार रातिको वर्षापछि गएको पहिरोले राजमार्ग अवरुद्ध भएका हुन् । पहिरोका कारण कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएका हुन् ।

ललितपुरको भट्टेडाँडामा गएको पहिरोले कान्ति लोकपथ र मकवानपुरको इन्द्रसरोस्थित सिस्नेरीमा गएको पहिरोले कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा सवारी साधनहरु बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले बताए।

दुवै सडक–खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित समय : ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु