global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्रीले वैरागीलाई पदको शपथ खुवाए

प्रधानमन्त्रीले वैरागीलाई पदको शपथ खुवाए

प्रधानमन्त्रीले वैरागीलाई पदको शपथ खुवाए

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै बिहान मात्र राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त शंकरदार वैरागीलाई पदको शपथ गराएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिका मुख्य सचिव वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

निर्णयलगत्तै प्रधानमन्त्री प्रचण्डले वैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार पदको शपथ खुवाएका हुन्। मुख्यसचिवमा भने वैकुण्ठ अर्याललाई नियुक्त गरिएको छ।

 

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु