काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ किनबेच ?

6.09K
shares

बुधवार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५० पैसा पुगेको छ । आजका लागि अमेरिकी डलर एकको बिक्रीदर भने १३२ रुपैयाँ १० पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बुधबारको विनिमय दर अनुसार युरोपियन एकको खरिदमा १४१ रुपैयाँ ९८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले आजका लागि बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६६ रुपैयाँ २ पैसा निर्धारण गरेको छ ।

यस्तै, अष्ट्रेलियन डलरको एक खरिदमा आज ६८ रुपैयाँ १० पैसा र बिक्रीमा ८९ रुपैयाँ ५० पैसा पाइनेछ । बुधवार क्याडियन डलरको खरिदमा ९८ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९४ पैसा, सिंगापुरे डलर खरिदमा ९८ रुपैयाँ १० पैसा र बिक्रीमा ९८ रुपैयाँ ५५ पैसा र जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ४२ पैसा र बिक्रीमा ९ रुपैयाँ ४६ पैसा पाइनेछ ।

त्यसैगरि कतारी रियल एकको खरिदमा ३ रुपैयाँ ८० पैसा र बिक्रीमा ३ रुपैयाँ ८२ पैसा, साउदी अरवियन रियाल खरिदमा ३५ रुपैयाँ ७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २४ पैसा, यूएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८० पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

यता, मलेशियन रिंगेट एकको खरिदमा २८ रुपैयाँ ४८ पैसा र बिक्रीमा २८ रुपैयाँ ६१ पैसा, दक्षिण कोरियन वोन १०० को खरिदमा १० रुपैयाँ ३२ पैसा र बिक्रीमा १० रुपैयाँ ३७ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ७९ पैसा र बिक्रीमा १६ रुपैयाँ ८६ पैसा, कुवेत डिनार एकको खरिदमा ४२७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ८६ पैसा तोकिएको छ ।