काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मधेशका मुख्यमन्त्री यादवले शतप्रतिशत पाए विश्वासको मत

6.59K
shares

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट दोस्रोपटक विश्वासको मत पाएका छन् । मंगलबार प्रदेश सभामा उपस्थित सबै सांसदहरुको शतप्रतिशत मत यादवले पाएका हुन् ।

मुख्यमन्त्री यादवले १ सय ३ मत पाएका छन् । यसअघि पनि मुख्यमन्त्री यादवले १ सय २ मत शतप्रतिशत नै पाएका थिए ।

जसपाबाट मुख्यमन्त्री भएका यादवलाई प्रदेश सभाको ठूलो दल एमाले, दोस्रो ठूलो दल कांग्रेस, जनमत, लोसपा, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समेत विश्वातको मत दिएका छन् ।

पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय ललका नेता यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेससहित १० वटै दलले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न ५४ सांसद आवश्यक पर्थ्यो। मधेश प्रदेशमा १०७ जना प्रदेश सांसद छन् ।

मुख्यमन्त्री यादवले एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँचजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित १०२ प्रदेश सांसदको समर्थन पाएका छन् ।