गृहपृष्ठ ‘प्रचण्डपथ’को कम्युनिस्टमा हिन्दुत्व जागेकै हो त ?
‘प्रचण्डपथ’को कम्युनिस्टमा हिन्दुत्व जागेकै हो त ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पशुपतिनाथको मन्दिर पुगे । शनिबार साँझ प्रचण्ड परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री रमेश रिजाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीलगायतका मन्त्री एकसाथ पशुपतिनाथ मन्दिरको दर्शनका लागि पुगेका थिए ।

आफ्नो क्याविनेटका परराष्ट्रमन्त्रीहरुसँग पहिलाे पटक सामूहिक पुजा गरेका हुन् । मन्त्रीपरिषद् बैठक बाहेक मन्त्रीहरु यसरी एकै पटक कतै निस्कदैनन् । शनिबार प्रचण्ड साँझ करिब ६ बजे पशुपतिनाथ पुगेको उनको सचिवालयले जनाएको छ । उनले पशुपतिनाथमा सन्ध्या आरती दर्शन गर्नुका साथै पशुपति विकास क्षेत्रको अवलोकन गरेर फर्किएका थिए ।
पूजाअर्चनामा विश्वास नगर्ने कम्युनिस्ट नेता प्रचण्ड भारत भ्रमणका क्रममा भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र धारण गरेर पूजाअर्चना गर्न पुगेपछि त्यसको नेपालमा व्यापक चर्चापरिचर्चा भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहँदा भारतको उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुगेर पूजा गरेका थिए । उनले एक सय ५ किलो रुदाक्षको माला पनि चढाए । यो विषयमा पनि ठुलो चर्चा भएको थियो
भारत भ्रमणदेखि प्रधानमन्त्री प्रचण्डको मन्दिरप्रति आस्था बढ्दै गएको राजनीतिक विश्लेशकहरूले टिप्पणी गरेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मन्त्रीमण्डलका सदस्यहरू एकैसाथ धार्मिक स्थल पशुपतिमा जानुलाई राजनीति भएको सामाजिक सञ्जालमा औल्याएका छन् ।
भट्टराईले पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थलमा जाँदा त्यो राजनीति हुने फेसबुकमा स्टाटस लेख्दै पोष्ट गरेका छन् ।
यसअघि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहँदा भारतको उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुगेर पूजा गरेका थिए ।
भारत भ्रमणदेखि प्रधानमन्त्री प्रचण्डको मन्दिरप्रति आस्था बढ्दै गएको राजनीतिक विश्लेशकहरूले टिप्पणी गरेका छन् । गत साता खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुँदा उक्त सम्मेलनको दाहालले एक कार्यक्रमकाबीच आध्यात्मिक उद्घाटन गरेका थिए ।
उक्त आध्यात्मिक सम्मेलनमा भारतीय धार्मिक गुरु रामदेव र आचार्य बालकृष्णलगायतको उपस्थिति रहेको थियो । आध्यात्मिक सम्मेलनका अथिति समेत रहेका योग गुरु रामदेवले प्रधानमन्त्री दाहालको निकै प्रसंशा गरे । उनले दाहाललाई शान्ति र क्रान्तिका नायक समेत भन्न भ्याए । प्रधानमन्त्री दाहाल वास्तविक कम्युनिष्ट भएको समेत रामदेवले बताउन भ्याए ।

सम्मेलनलाई सम्बोधन गर्दै योग गुरु रामदेवले आफू खप्तडको विकास र प्रचार तथा प्रवद्र्धनको लागि ब्राण्ड एमबेस्डर बन्न इच्छुक रहेको समेत जानकारी गराएका थिए ।शनिबार साँझ पशुपतिनाथमा प्रचण्डसहित मन्त्रीहरुले पुर्जा गरेको विषय अहिले आम नागरिकदेखि राजनीतिक बृत्तमा चर्चा भइरहेको छ ।
प्रचण्डको पशुपति दर्शनका विषयलाई लिएर कतिपय राजनीतिककैहरुले उनले भारतले नेपालमा हिन्दु धर्म चाहेका कारण पनि पछिल्लो समयमा धर्मतिर झुकाव राखेको समेत टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीको उक्त भ्रमणका बारेमा विपक्षी दल एमाले, राप्रपा र रास्वपाले अहिले यो रिपोर्ट तयार हुँदासम्म केही प्रतिक्रिया दिएका छैन । भने, प्रचण्डको पशुपति दर्शनका बारेमा सामाजिक सञ्जालमा आलोचना र समर्थनको बहस सुरु भएको छ ।
पूजाअर्चनामा विश्वास नगर्ने कम्युनिस्ट माओवादी नेता प्रचण्ड शान्ति प्रक्रियामा आएपछि धर्मले नेपालको राजनीतिकसँग विकासमा पछि परेको बताएका थिए । उनीले १५ वर्षयता पूजाअर्चनामा विश्वास नगर्ने कम्युनिस्ट आफु भएको बताउँदै आएका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डले हिन्दुधर्मकै कारण नेपालमा विकास नभएको अभिव्यक्ति दिएर विवादमा समेत तानिएका थिए । प्रचण्डले कम्युनिस्टहरु धर्ममा विश्वास गदैनन् । धर्म, भनेको मानवले बनाएको हो भन्दै कतिपय सार्वजनिक कार्यक्रम बोेलेका छन् । जनयुद्धका बेला प्रचण्डपथ मार्गमा हिंडेका उनीभित्र पछिल्लो समय हिन्दुत्व मार्ग अपनाएर राजनीतिकमा छाउन खोजेको हिन्दु धर्मवादीहरुले आरोप लगाउन थालेका छन् ।
प्रचण्डले आफनो राजनीतिक हैसियत खस्किन थालेपछि हिन्दुत्वको नारा अघि सार्ने २०८४ को निर्वाचनमा चुनावी एजेन्डा बनाउन खोजेको आरोप उनीहरुको छ । नेपालमा गणतन्त्र आएपछि माओवादीकै नाममा कतिपय जनजातिहरु हिन्दु मन्दिरमा गाई समेत काटेर खाएका थिए । यो विषयलाई लिएर अहिले पनि माओवादीमाथि प्रश्न उठने गरेको छ ।
अहिलेपनि कतिपय कम्युनिस्ट नेताहरु अर्धको आलोचना गदै आएका छन् । प्रचण्डले हिन्दु राज्य र धर्म हटाउन १० जनयुद्ध गरेका थिए । यही युद्धका कारण २ सय ४० बर्षभन्दा शासन गरेको राजातन्त्र गुमेको थियो । भने, अहिलेपनि राजातन्त्रसहित हिन्दुराज्यको माग गदै धेरै जनता आन्दोलित छन् । नेपालमा भारत, चीन र कतिपय दक्षिण एसियाका देशरु नेपालमा र्धमनिरपक्षे भएको प्रति असन्तुष्ट छन् । नेपालमा ८० प्रतिशतभन्दा धेरै हिन्दुधर्ममा आस्था राख्ने नागरिक छन् ।
प्रकाशित समय : १३:१४ बजे



















