गृहपृष्ठ यो साता ७५ अंकले बढ्यो शेयर बजार, अर्को साता के होला ?
यो साता ७५ अंकले बढ्यो शेयर बजार, अर्को साता के होला ?
यस साता नेप्से परिसूचक ७३ अंकले बढेको छ । गत साता १८६६.३४ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.९३ प्रतिशत अर्थात ७३.२७ अंक बढेर १९३९.६१ विन्दुमा रोकिएको हो ।
यस साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ४ कारोबार दिन उकालो लागेको छ भने एक कारोबार दिन घटेर बन्द भएको छ ।
यस साता सेन्सेटिभ इण्डेक्स २.४७ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ३.७६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४४ प्रतिशत बढेको छ ।
नेप्से बढेपनि यस साता अघिल्लो साताको तुुलनामा औषत कारोबार रकम भने घटेको छ । गत साता दैनिक औषतमा २ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा २ अर्ब ६ करोडको मात्र शेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ८.०७ प्रतिशत घटेको हो । त्यसैगरी, यस साता नेप्सेको दैनिक औषत शेयर संख्या २२.११ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण ४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन २७ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ७ अर्ब रुपयाँ बढेर २८ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ ।
प्रकाशित समय : १५:०६ बजे

















