global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल लाइफद्वारा सातवटै प्रदेशमा अभिकर्ता कार्यक्रम सम्पन्न : ६ हजार भन्दा बढी प्रशिक्षित

नेपाल लाइफद्वारा सातवटै प्रदेशमा अभिकर्ता कार्यक्रम सम्पन्न : ६ हजार भन्दा बढी प्रशिक्षित

नेपाल लाइफद्वारा सातवटै प्रदेशमा अभिकर्ता कार्यक्रम सम्पन्न : ६ हजार भन्दा बढी प्रशिक्षित

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम भव्यता पूर्वक सम्पन्न गरेको छ ।

यस कम्पनीले कोशी प्रदेशको विर्तामोड र इटहरी, मधेश प्रदेशको बिरगंज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरि कुल १३ वटा स्थानमा भव्य र सभ्य कार्यक्रमको आयोजना गरी ६००० भन्दा बढी अभिकर्तालाई तालिम प्रदान गर्नुका साथै हरेक शाखा उप–शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने करिव १००० जना अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।

२०८० साल बैशाख ७ गते विर्तामोडको सेन्ट्रल पोइन्ट होटल एंड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ४०० जना , बैशाख ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा ४५० जना, बैशाख १४ गते मिर्चैयाको राम जानकी होटल एंड पार्टी प्यालेसमा ५७० जना , बैशाख १६ गते बिरगंजको होटल शाह दरबारमा ४५० जना, बैशाख १८ गते नारायणघाटको सिएमटी रिसोर्टमा ४६० जना, बैशाख २२ गते भक्तपुरको नमस्ते ब्याङ्क्वेटमा ५०० जना, जेठ ५ गते काठमाडौँको अनमोल ब्याङ्क्वेटमा ७०० जना, जेठ ९ गते सुर्खेतको सिद्धार्थ सन्नी रिसोर्टमा ३५० जना, जेठ ११ गते नेपालगंजको सुनाखरी रेस्टुरेन्टमा ३४० जना, जेठ १३ गते टिकापुरको होटल सिद्धार्थमा ३६० जना, जेठ १५ गते अत्तरियाको होटल नमस्तेमा ५५० जना, जेठ २० गते बुटवलको सिद्धार्थ होटलमा ५५० जना र जेठ २२ गते पोखराको सिटी स्क्वायरमा ४०० जना गरि कुल ६,०८० जना अभिकर्ताहरुले तालिम प्राप्त गरेका छन् ।
मिति २०८० जेठ २२ गते पोखरामा आयोजित कार्यक्रममा यस कम्पनीका संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल र विमल प्रसाद ढकालको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा बोल्दै अग्रवालले गण्डकी प्रदेश विभिन्न आर्थिक सूचांकहरुमा अग्र पंङ्गतीमा रहेको हुनाले यस क्षेत्रमा बीमा व्यवसायको विस्तार गर्न प्रचुर सम्भावना रहेका बताए ।

सम्पूर्ण अभिकर्ताहरुलाई यस अवसरको अधिकतम सीप र ज्ञान हासिल गरि बीमा व्यवसाय विस्तार गर्न आग्रह गरेका छन् । साथै कम्पनीले पोखराको न्युरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनबाट गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय संचालनमा ल्याएको कुरा सहर्ष जानकारी गराएका छन् । यसबाट कम्पनीको विश्वसनियता बढी बीमा बजारको विकाशमा टेवा पुग्ने बताए ।

 

प्रकाशित समय : १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु