गृहपृष्ठ नेशनल लाइफले बोलायो साधारणसभा, मर्जरको प्रस्ताव पारित गर्ने

नेशनल लाइफले बोलायो साधारणसभा, मर्जरको प्रस्ताव पारित गर्ने

नेशनल लाइफले बोलायो साधारणसभा, मर्जरको प्रस्ताव पारित गर्ने

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३ गते विशेष साधारण सभा बोलाएको छ ।

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर प्रस्ताव पारितका लागि कम्पनीले विशेष साधारणसभा बोलाएको हो । समीट लघुवित्तले समेत मर्जरसहित अन्य विविध प्रस्ताव पारितका लागि असार ३ गते नै वार्षिक साधारण सभा बोलाएको छ ।

नेशनल माइक्रोफाइनान्सले सभामार्फत मर्जरपछि कम्पनीको अधिकृृत पूँजी १ अर्ब ५० करोड र जारी पूँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार हुने गरी प्रबन्धपत्र संशोधन गर्नेछ ।

नेशनल माइक्रोफाइनानसको १ कित्ता शेयर बराबर समीट लघुवित्तको शून्य दशमलव ७३ कित्ता शेयर हुने गरी शेयर आदानप्रदान गर्ने सहमति दुई कम्पनीबीच भएको छ ।

मर्जरपछि नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने जानकारी कम्पनीले दिएको छ ।

नेशनल माइक्रोफाइनान्सले मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ । सभा प्रयोजनका लागि नेशनल माइक्रोफाइनान्सले जेठ २५ गतेदेखि असार ३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

समीट लघुवित्तले भने आर्थिक वर्ष ०७८र७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लाभांश प्रस्तावलाई समेत अन्तिम रुप दिने कार्यक्रम रहेको छ । समीट लघुवित्तले भने मर्जर प्रस्तावसँगै १३ दशमलव ५६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

यस वर्षको बोनस शेयरपछि कायम हुने समीट लघुवित्तको शेयरपूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ ।

प्रकाशित समय : १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु