गृहपृष्ठ रिलायबल इन्स्योरेन्सद्धारा राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई सहयोग

रिलायबल इन्स्योरेन्सद्धारा राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई सहयोग

रिलायबल इन्स्योरेन्सद्धारा राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई सहयोग

रिलायबल लाइफ इन्स्योरेन्स राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुलाई सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेलाडीहरुलाई सहयोग गरेको हो ।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई यस किसिमको सहयोगले अझ बढी प्रोत्साहान गर्ने र यस्तो कार्यमा सहभागी हुँदा गर्व महशुस भएको बताए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको जेठ १६ गते मंगलबार रिलायबल म्यादी जीवन बीमा गरिदिएको हो । कम्पनीले ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरिसकेको छ ।

प्रकाशित समय : १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु