गृहपृष्ठ नागरिकता विधेयक प्रमाणीकरणको समर्थन र विरोधमा राजनीतिक दल
नागरिकता विधेयक प्रमाणीकरणको समर्थन र विरोधमा राजनीतिक दल
आज राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेर राखेको विधेयक प्रमाणीकरण गरेका छन् ।
बुधबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् । प्रतिनिधिसभाबाट दुई पटक पारित भएर राष्ट्रपति कार्यालय विधेयक पुगे पनि तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी रोकेकी थिइन् ।
नागरिकता विधेयक प्रमाणीकरण भएपनि प्रमुख राजनीतिक दलले यसको विरोध गरेका छन् भने, सत्तारुढ दल जनता समाजवादी पार्टी जसपाले राष्ट्रपतिले गरेको निर्णयका स्वागत गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधान र संसदमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।
संविधान र संसदमाथिको हस्तक्षेप हो । एउटा संसदले जन्माएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि त्यो मृत भइसक्यो । जसका कारण संविधानविरुद्ध गएर मन्त्रिपरिषद्बाट पारित गरेर राष्ट्रपतिकहाँ सिफारिसको काम भएको उनको भनाई छ । ‘यो असंवैधानिक हो । एमालेको धारणा नयाँ विधेयकका रूपमा संसदमा दर्ता हुनुपथ्र्यो ।’ उनले भने ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई नयाँ जनादेशको अवमूल्यन भनेको छ । पुरानो संसदबाट पास भएको कुरालाई कायम गरिनु नयाँ संसदको अवमूल्यन भएको रास्वपा प्रवक्ता डा मुकुल ढकालले बताए ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले संसदमा छलफल नगरी उक्त विधेयक मन्त्रिपरिषद्ले प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ पठाउनु नै रहस्यमय रहेको धारण राखेका छन् । विपक्षी दल राप्रपाले नागरिकता विधेयक प्रमाणीकरणले आशंका जन्माएको उनको भनाई छ ।
यसैगरी, जसपाका प्रमुख सचेतक प्रदीप यादवले अनागरिकहरूले नागरिकता पाउने वैधानिक बाटो खुल्नु खुसीको कुरा रहेको बताए । ‘नागरिकता विधेयक प्रमाणीकरण हुनु खुसी र स्वागतयोग्य कुरा हो ।’
सत्तारुढ दल जनता समाजवादी पार्टी जसपाले नागरिकता विधेयक प्रमाणीकरण हुनु स्वागतयोग्य रहेको बताएको छ ।
९ महिनादेखि रोएिको विधेयक पुनः संसदमा छलफल नागरिकता विधेयक प्रमाणीकरण भएको थियो ।
प्रकाशित समय : १३:०१ बजे



















