global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको भाउले कायम गर्यो नयाँ कीर्तिमान, हालसम्मकै उच्च

सुनको भाउले कायम गर्यो नयाँ कीर्तिमान, हालसम्मकै उच्च

सुनको भाउले कायम गर्यो नयाँ कीर्तिमान, हालसम्मकै उच्च

 नेपाली बजारमा आज सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। आज सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार पनि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले बढेको थियो। मंगलवार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित समय : १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु