global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ शरणार्थी प्रकरण : आज तीन आरोपितको बयान लिइयो

शरणार्थी प्रकरण : आज तीन आरोपितको बयान लिइयो

शरणार्थी प्रकरण : आज तीन आरोपितको बयान लिइयो

आज नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन आरोपितको बयान लिइएको छ । काठमाडौँ जिल्ला अदालतमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान लिइएको हो । ३० जना प्रतिवादी रहेको यो प्रकरणमा १७ जना पक्राउ परेका छन् भने १३ जना फरार छन् । पक्राउ परेका १७ मध्ये अहिलेसम्म ८ जनाको बयान लिइएको छ ।

त्यस्तै दाङ स्थायी घर भएका शर्मा एमाले निकट विद्यार्थी संगठनमा आबद्ध छन् । राई भने तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार थिए । यस्तै, केसी तत्कालीन गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव थिए ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीनै जना प्रतिवादीले बयान दिएका हुन् । जिल्ला अदालत काठमाडौँमा जेठ १२ देखि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान लिन थालिएको हो ।

प्रकाशित समय : १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु