उदयपुरको ८ पालिकामा कुनलाई कति बजेट ?
वि.सं.२०८० जेठ १६ मंगलवार १६:००
shares

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ ल्याएको छ । आगामी वर्षको बजेटमा स्थानीय तहलाई दिने बजेटमा पनि कटौती गरिएको छ ।
सरकारले स्थानीय तहलाई पुँजीगत ३१ अर्ब ९३ करोड ४५ लाख र चालु २ खर्ब ९५ अर्ब २ करोड २ लाख गरेर जम्मा २ खर्ब ६२ अर्ब ८ करोड ५७ लाख रहेको छ ।
जम्मा उदयपुरका ८ पालिकालाई ३ अर्ब ९० करोड ७३ लाख रुपैयाँ विनियोजन भएको छ । चालु आर्थिक वर्ष ०७९/८० का लागि उदयपुरमा ३ अर्ब ८१ करोड ७९ लाख बजेट विनियोजन भएको थियो ।
जसमा उदपुरको ४ वटा नगरपालिकालाई २ अर्ब ५७ करोड ७३ लाख बजेट विनियोजन भएको छ । चालु अर्थिक वर्षमा दुई अर्ब ४३ करोड ६० लाख विनियोजन भएको थियो ।
त्यस्तै, ४ गाउँपालिकालाई १ अर्ब ३३ करोड रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकामा चालु आर्थिक वर्षमा एक अर्ब ३८ करोड १९ लाख बजेट विनियोजन भएको थियो ।
उदयपुरको नगरपालिकामध्ये त्रियुगा नगरपालिकालाई सवैभन्दा वढी बजेट दिएको छ भने सबैभन्दा कम बेलका नगरपालिकालाई दिएको छ ।
गाउँपालिकामध्ये सवैभन्दा बढी उदयपुरगढीलाई विनियोजन भएको छ भने सबैभन्दा कम लिम्चुङबुङलाई भएको छ ।
कुन पालिकालाई कति ?
बेलका नगपालिका ४८ करोड २९ लाख
चौदण्डीगढी नगरपालिका ५१ करोड १७ लाख
त्रियुगा नगरपालिका १ अर्ब २ करोड ५ लाख
कटारी नगरपालिका ५६ करोड २२ लाख
उदयपुरगढी गाउँपालिका ४५ करोड १६ लाख
ताप्ली गाउँपालिका २६ करोड ८९ लाख
रौतामाई गाउँपालिका ३८ करोड ४१ लाख
लिम्चुङबुङ पाउपालिका २२ करोड ५४ लाख

























