global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बजेट भन्नाले के बुझिन्छ ?

बजेट भन्नाले के बुझिन्छ ?

बजेट भन्नाले के बुझिन्छ ?

बजेट सरकारको विस्तृत आर्थिक योजना हो । गत आर्थिक वर्षका आर्थिक गतिविधिको समिक्षा तथा अभिलेखन, चालू आर्थिक वर्षका आर्थिक गतिविधिको चित्रण र आगामी वर्षका गतिविधिको प्रक्षेपित अनुमानको आर्थिक दस्तावेज नै बजेट हो ।

सामान्यतः बजेट भन्नाले एक निश्चित अवधिको आम्दानी खर्चको विवरण हो । सरकारको वार्षिक नीति, कार्यक्रम र सो को आधारमा विनियोजित खर्च र आम्दानीका स्रोतहरूको समग्र विवरण पनि हो बजेट ।

सरकारको वार्षिक रूपमा सञ्चालन गर्ने विकास कार्य र प्रशासनिक कार्यहरूको रूपरेखा सहितको खर्च प्रस्ताव र सरकारले गर्ने राजस्व, प्राप्त हुने वैदेशिक सहायता, ऋण र त्यसको उपयोग सम्बन्धी कार्य नीतिलाई पनि बजेटको रूपमा बुझ्न सकिन्छ ।

बजेटमा सरकारको राजनीतिक, आर्थिक वा वित्तीय र सामाजिक अवधारणा समेत प्रष्ट गरिएको हुन्छ । सरकारको राजनीतिक दर्शन, आर्थिक एजेन्डा र सामाजिक प्राथमिकताहरू बजेटमा झल्किएका हुन्छन्।

सरकारको दीर्घकालीन विकास अवधारणालाई आत्मसात गर्दै तर्जुमा गरिएको वार्षिक योजना र कार्यक्रमहरूको संगालो बजेट हो ।

विश्वमा बजेट प्रणालीको सुरूवात सन् १७३३ मा बेलायतबाट भएको हो । जतिबेला बेलायतका तत्कालीन प्रधानमन्त्री रवर्ट वालपोलले कालो छालाको झोलामा राखी बजेट पेश गरेका थिए ।

विगतमा गरेका कार्यहरुको समीक्षा र वर्तमान स्थितिको आँकलन गरी भावी कार्यक्रम र कार्यदिशा सहितको आय र व्ययको अनुमानित योजना नै बजेट हो ।

प्रकाशित समय : ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु