nmb bank

गृहपृष्ठ नीति तथा कार्यक्रम : शीर्ष नेताहरुनै आरोप प्रत्यारोपमा

नीति तथा कार्यक्रम : शीर्ष नेताहरुनै आरोप प्रत्यारोपमा

नीति तथा कार्यक्रम : शीर्ष नेताहरुनै आरोप प्रत्यारोपमा

मंगलबार नीति तथा कार्यक्रममाथि बसेको बैठकममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुनै आरोप प्रत्यारोप उत्रिएका छन् ।

छलफलको लागि बसेको प्रतिनिधि सभामा नीति तथा कर्याक्रम माथिको छलफमा भन्दा पनि मै वितेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ५ जेठमा आगामी आर्थिक वर्ष २०८०/०८१ नीति तथा कर्याक्रम प्रस्तुत गरेसँगै संसदमा यो विषयमा छलफल भइरहेको छ ।

उक्त नीति तथा कर्यक्रम माथि छलफल जारी छ । नीति तथा कार्यक्रममा सत्तापक्ष उत्कृष्ट कार्यक्रम प्रस्तुत गरेको दाबी गरिरहेपनि प्रतिपक्षहरु भने यो कर्मकाण्डीका ल्याएको आरोप लगाइरहेका छन् ।

सोमबार सासंदमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले नीति तथा कार्यत्रमलाई देशको यर्थात समस्या लुकाउन खोजेको आरोप लगाउन भ्याए ।

नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै उनले सरकारले ल्याएको दस्तावेज नै विरोधभास भएको भन्दै ब्यंग्य गरेका थिए ।

‘देश असामान्य अवस्थामा पुगेको यथार्थलाई सरकारले लुकाउन खोजेको छ । बुँदा नम्बर ५ भन्छ सब ठिकठाक र विश्वास बढेको छ ।’ उनले भने, ‘अर्थतन्त्र सप्रेको छ, समाज ह्वात्तै अगाडि लम्केको छ, पाँचौँ गियरमा कुदेको छ । त्यसरी व्याख्या गरिएको छ । चौधौँ नम्बरमा पुग्दा अर्थतन्त्र अप्ठेरोमा भएको भन्दै पाँचौँ नम्बरको कुरा चौधौँ नम्बरमा खण्डन गरिएको छ ।’

सरकार बेखबर भएको हो कि ? आत्मरतिमा रमाएको हो कि ? देशको परिस्थिति बुझ्नै नसकेको हो की ? बुझेर त्यसलाई अनदेखा गर्न खोजेको हो कि ? आफूले बुझे पनि जनतालाई बुझाउन नखोजेको हो कि ? अलमलाउन खोजेको हो भन्दै ओलीले प्रतिप्रश्न गरे ।

ओलीले ३ नै तहको निर्वाचनमा सरकारले धाँधली गरेको समेत आरोप लगाए । सरकारले तीनै तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गरी मुलुकमा संघीय शासन प्रणालीलाई सफल बनाएको उद्घोष गरेको दाबी गरेपनि सोहीअनुसार काम गर्ने नसकेको उनका दाबी छ ।

‘तीनै तहको निर्वाचन कुन हदसम्मको अराजकता, अशान्ति, त्रासदीपूर्ण, ठगी र जालसाजीपूर्ण थियो मैले यसअघि पनि भनिसकेको छु ।’ उनको आरोप छ ।

यस्तै, नेकपा (एकिकृत समाजदादी)का अध्यक्ष माधवकुमार नेपालले नीति तथा कार्यक्रममाथिको छलफलमा ओली लक्षित कटाक्ष गरेका छन् । सत्ता गठबन्धनमा रहेका नेपालले ओलीले आफ्नो सरकार बचाउन नसक्नुको कारण समिक्षा गर्ने समेत आग्रह गरेका थिए ।

‘बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको निम्ति अरुलाई सत्तोसराप गरेर हुँदैन् । आफू भित्र के कमजोरी रहे त्यसको हामी सबैले समीक्षा गरौं ।’ नेपलले भने, ‘कमिकजोरी भएका छन भने तिनको पहिचान गरौं, सुधार गरौं । नत्र भाषण गरेर मात्र केही हुनेवाला छैन ’

नेपालले ओलीलाई ग्याँस, रेल खै भन्दै प्रश्न समेत गरे । आफु प्रधानमन्त्री हुँदा ल्याएको कार्यक्रम किन लागु भएन भन्दै नेपालले ओलीलाई प्रश्न तेस्साए ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पन्चे र राजाहरुबाटै सम्पति छानवीन गर्ने सुरु गर्नुपर्ने माग राखे । उनले नीति तथा कर्याक्रम माथिको छलफलमा बोल्दै स्वतन्त्र अयोग गठन गरि २०४६ यताका उच्च पदस्थ व्यक्तिको सम्पति छानविन गर्नुपर्ने धारण राखे ।

‘यहाँ नीति तथा कार्यक्रममा एउटा स्वतन्त्र नागरिक आयोग गठन गरी ०४८–४६ जहिलेको मिति तोकिदिनुस् ।’ लिङ्देनले भने, ‘मैले त भनेको छु, पञ्च र राजाहरुको सम्पति कहाँ छ । खोज्न थालौैं ? तर अब सबैको सम्पत्ति छानबिन गर्नुपर्छ ।’

नातागोता र परिवारको सम्पत्ति छानबिन गरिनेछ । अवैधानिक सम्पत्ति जफत गरि कारवाहीका दायरामा ल्याउनुपर्ने उनको जोड थियो ।

५ वर्षमा कृषि अनुदानमा कति रकम खर्च भयो भनेर पनि सार्वजनिक गेर्न समेत सरकारसँग माग गरे ।

यता, जनमत पार्टीका अध्यक्ष चन्द्राकान्त (सिके) राउतलले संघीयताको सवलिकरणका लागि ठोस कार्यक्रम नरहेको आरोप लगाएका छन् ।

‘नीति तथा कार्यक्रम ७० पानाको छ । जहाँ केवल तीन ठाउँमा संघीयता शब्द छ । संघीयतालाई सवल गर्ने खालको ठोस नीति तथा कार्यक्रम देखिएन ।’ राउतले भने, ‘माओवादी केन्द्रको नेतृत्वमा सरकार हुँदा संघीयतालाई सवलीकरण गर्ने खालका ठोस कार्यक्रम नीति तथा कार्यक्रम नआउनु आश्चर्यको विषय हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्ले सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परा धान्नलाई ल्याएको दस्तावेज भएको टिप्णी गरेका छन् ।

‘यो परम्परा धान्नलाई ल्याएको एउटा दस्तावेज हो । र, परम्परा पनि धानिएको छ । नविनता, ऊर्जा, प्रेरणा, महत्वाकांक्षा इत्यादिका कसीमा राम्रो गर्न सकिन्थ्यो होला ।’ वाग्लेले भने, ‘विगत १० वर्षदेखि राज्यप्रणालीमा संलग्न छु । नीति तथा कार्यक्रम यस्तै यस्तै हो । त्यसैले यसमा धेरै उत्ताउलो पनि देखाउनुपर्छ जस्तो लाग्दैन ।’

 

प्रकाशित समय : १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु