काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोरियाले पहिलो पटक पानीजहाज र निर्माण क्षेत्रमा कामदार लैजादै

6.7K
shares

दक्षिण कोरिया सरकारले पानीजहाज र निर्माण क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले नेपालबाट उत्पादन तथा कृषि क्षेत्रमा मात्र नेपाली श्रमिक आपूर्ति गदै आएको थियो भने, यही वर्षदेखि नेपालबाट पानीजहाज र निर्माणमा कोरिया सरकारले नयाँ रोजगारीको क्षेत्र बढाएको छ ।

शाखाका अनुसार पहिलो चरणमा पानीजहाज र निर्माण क्षेत्रमा १ हजार २ सय नेपाली छनोट गर्न आवेदन माग गरेको थियो । जसमा पछिल्लो समयमा थप २ हजार ३ सय नेपाली लैजाने गरी पुनः आवेदन माग गर्न लागिएको वैदेशिक रोजगार विभाग ईपीएस शाखाले जनाएको छ । कोरियाले पत्राचार गरेपछि नयाँ आवेदन खुलाउने तयारी भइरहेको शाखाले जनाएको छ ।

कोरियाले २०२३ मा पानीजहाज र निर्माण क्षेत्रमा ३ हजार लैजाने गरि प्रस्ताव गरेको र नेपालले त्यहीअनुसार ईपीएस परिक्षाको तयारी गरेको वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।

नेपालबाट पहिलोपटक पानीजहाज र निर्माण क्षेत्रमा कोरिया सरकारले कामदार लैजाने भएको उनले बताए । ‘कोरियाले पानीजहाज र निर्माण क्षेत्रमा कामदार लैजाने निर्णय गरिसकेको छ । यो नेपालका लागि अवसर पनि हो ।’, उनले भने ‘ कोरियाले वार्षिक ८ हजारसम्म कृषि र उत्पादन क्षेत्रमा कामदार लैजादै छ । यो वर्षदेखि पानीजहाज र निर्माण क्षेत्रमा कामदार लिदाँ कोटा बढेर १० हजार पुग्छ ।’

पछिल्लो समय कोरियाको पानीजहाज निर्माण कम्पनीमा श्रमिक अभाव भएपछि नेपाल प्रथामिकतामा परेको उनको बुझाइ छ ।

पानीजहाज र निर्माण क्षेत्रमा जाने नेपाली कामदारलाई कोरिया पुगेपछि ४५ लिने तालिम दिएर मात्र काममा लगाइने शाखाले जनाएको छ । पानीजहाज निर्माण क्षेत्रमा गएका कामकारको तलब कृषि र उत्पादनमूलक क्षेत्रको भन्दा केही बढी हुने शाखाले जनाएको छ ।

सन् २००८ देखि कोरिया सरकारले नेपालसँग श्रम सम्झौता गरेर उत्पादन, कृषि तथा मत्स्यपालन र पशुपालन क्षेत्रमा कामदार वर्षेैनि लैजाने गरेको थियो ।
यही वर्षदेखि पाइप मेसिनरी इन्सुलेसन, स्काफोल्ड, ग्रेण्डर, इलेक्ट्रिक क्याबलिङ र वेल्डिङ गरी थप अन्य ५ क्षेत्रमा कामदार पठाउने गरी कोरियासँग छलफल भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको दश महिनामा ६ लाख ६० हजार २ सय ५५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसमध्ये ४ लाख २१ हजार २ सय ७९ जनाले नयाँ र २ लाख ४४ हजार ९ सय ९६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

वैशाखमा नयाँ र पुनः श्रम स्वीकृति गरी ५४ हजार ४ सय ५७ जनाले श्रम स्वीकृति लिएको विभागको तंथ्याकमा छ । जसमध्ये ४ हजार ९ सय ४८ जना महिला र ४९ हजार ५ सय ९ जना पुरुष कामदार छन् । चैतमा उक्त संख्या ६१ हजार ४ सय ७८ जना कामदार विदेशिएको विभागको तथ्यांकमा छ ।

गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ६ लाख ३६ हजार पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।