गृहपृष्ठ चार नयाँ शहरमा जग्गाको कित्ताकाट गर्ने बाटो खुल्यो
चार नयाँ शहरमा जग्गाको कित्ताकाट गर्ने बाटो खुल्यो
काठमाडौंको चार नयाँ शहरी आयोजना भित्रका जग्गाको कित्ताकाट गर्ने बाटो खुलेको छ ।
३ वर्षदेखि रोकिएको चार नयाँ शहरी आयोजना भित्रका जग्गाको कित्ताकाट रोकिएको थियो । नयाँ शहरको निर्माण कार्य अन्योल बनेपछि स्थानीयहरुले कित्ताकाट गर्न पाउनु पर्ने माग राखेका थिए ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले कागेश्वरी मनोहरा नगरपालिका, शंखरापुर नगरपालिका, भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिकाको नयाँ नगर विकास योजना स्वीकृत गर्ने सिफारिस गरेको छ ।
भौतिक विकास समितिको १७ औं बैठकले काठमाडौं र भक्तपुरका पाँच नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । छ । समितिले एक लाख रोपनी मध्ये ५६ हजार रोपनीमा नयाँ नगर निर्माण गर्न सकिने भएकाले जग्गा कित्ताकाट रोक्का यथावत नै भनेको छ ।
समयावधि सकिएपनि कित्ताकाट फुकुवाको लागि मन्त्रिपरिषद्कै निर्णय आवश्यक पर्ने काठमाडौं जिल्ला आयुक्त जगदिश लामिछानेले जानकारी दिए । चार नयाँ शहर भित्रका जग्गाको ८ आनासम्म कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गतको ८ आनासम्मको जग्गा कित्ताकाट गर्न पाइने उनले बताए । प्राधिकरणको सिफासिमा मात्रै जग्गाको कित्ताकाट गर्न पाइनेछ । सबैका लागि भने कित्ताकाट खुल्ला नभएको उनले भनाइ छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले ५ वर्ष अगाडि चारवटै शहरमा पर्ने एक लाख रोपनी जग्गा रोक्का थियो ।
प्राधिकरणले पाँचवटा नगरपालिकाभित्र निर्माण हुने नयाँ नगरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ ।
प्रकाशित समय : १५:१२ बजे



















