nmb bank

गृहपृष्ठ सफा हिमाल अभियानः आङकाजी शेर्पासहित तीन आरोहीको दुःखद निधन

सफा हिमाल अभियानः आङकाजी शेर्पासहित तीन आरोहीको दुःखद निधन

सफा हिमाल अभियानः आङकाजी शेर्पासहित तीन आरोहीको दुःखद निधन

सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको दुःखद निधन भएको छ । सफा हिमाल अभियान– २०२३ का सरदारसमेत रहेको शेर्पाका सोमवार दुःखद निधन भएको हो । उनी बिगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भुमिकामा थिए ।

ओखलढुंगा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प–२ मा क्याम्प म्यानेजरको भुमिकामा रहँदै गर्दा उनी अचेत हुन पुगेका थिए । सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दैगर्दा अचेत अवस्थामा पुगेका शेर्पाको सोमवार निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ ।

उनको पार्थिव शरीरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाईएको छ । उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिब शरीर पनि परिवारजनलाई बुझाइएको छ ।

प्रकाशित समय : ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु