गृहपृष्ठ एभरेष्ट बैंकमा ग्राहकको खाताबाट डेढ करोड चोरी, शाखा प्रबन्धकसहित ९ जना पक्राउ

एभरेष्ट बैंकमा ग्राहकको खाताबाट डेढ करोड चोरी, शाखा प्रबन्धकसहित ९ जना पक्राउ

एभरेष्ट बैंकमा ग्राहकको खाताबाट डेढ करोड चोरी, शाखा प्रबन्धकसहित ९ जना पक्राउ

एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख बढी रकम चोरी भएको छ ।

ग्राहकले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो ।

३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सात जना बैंकका कर्मचारी हुन् ।

चोरीमा संलग्न भएको आरोपमा प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे-८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर- ८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई पक्राउ गरेको हो ।

त्यस्तै धनुसाको मिथिला नगरपालिका- ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका- २ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन् ।

पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट ५९ पटक कनेक्ट आईपीएसमार्फत एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो ।

बैंकका कर्मचारीले ग्राहकको कनेक्ट आईपीएसको आ‍इडी पासवर्ड चोरर रकम पठाउने गरेका थिए । त्यस्तै कोर बैंकिङ्क सिस्टम ९सीबीएस० बाट निस्क्रीय खातामा पठाउने र नक्कली चेक प्रयोग गरेर सो रकम निकालेको पाइएको उनले बताए ।

प्रकाशित समय : १०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु