गृहपृष्ठ एकता र परिवर्तनको रक्षाको संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारीमा छु : प्रचण्ड
एकता र परिवर्तनको रक्षाको संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारीमा छु : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् ।
कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको शुभारम्भ गर्दै उनले भने, ‘यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने संकल्पसहित योपटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु । हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा छौं।’
उनले शीर्ष नेताहरु बीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु, संक्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्नमै केन्द्रित हुने गरेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनताजनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने बताए ।
प्रकाशित समय : ०९:४० बजे



















