global ime bank Long Banner Ad

गृहपृष्ठ भ्रष्टाचारको विरोधमा आज राप्रपाले प्रदर्शन गर्दै

भ्रष्टाचारको विरोधमा आज राप्रपाले प्रदर्शन गर्दै

भ्रष्टाचारको विरोधमा आज राप्रपाले प्रदर्शन गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोधमा आज प्रर्दशन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन राप्रपाले प्रदर्शन गर्न लागेको हो ।

राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्रका अनुसार बसन्तपुरमा आज दिनको १ बजे प्रदर्शन गरिनेछ । यसैगरी, निजामती कर्मचारी आबद्ध कुनै पनि संगठन नबनाउने पनि राप्रपाले निर्णय लिएको छ ।

अब भ्रष्टाचारका सबै स्रोतहरू नै बन्द गरौँ, त्यसैले राप्रपाले सरकारी वेतनधारीको भातृ संगठन नबनाउने निर्णय गरेको छ,’ उनले भने । उनका अनुसार एउटा सरकारी कार्यालयमा ७ वटा युनियनको बोर्ड झुण्डाएर सन्सारमा कुनै देशले प्रगति गरेको छैन।सरकारी वेतनधारीको भातृ संगठन जघन्य अपराध रहेको उनको भनाई छ ।

प्रकाशित समय : ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु