global ime bank Long Banner Ad

गृहपृष्ठ रविको आरोप : तीन शीर्ष नेता शरणार्थी प्रकरण सामसुम पार्दैछन्

रविको आरोप : तीन शीर्ष नेता शरणार्थी प्रकरण सामसुम पार्दैछन्

रविको आरोप : तीन शीर्ष नेता शरणार्थी प्रकरण सामसुम पार्दैछन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तीन ठूला दलका शीर्ष नेता मिलेर नक्कली शरणार्थी प्रकरण सामसुम पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्।

शनिबार (आज) भक्तपुरको सूर्यविनाययक नगरपालिकामा रास्वपाका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका सभापति लामिछानेले तीन ठूला दलका शीर्ष नेताले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान बिथोल्न लागिपरेको आरोप लगाएका हुन् ।

सभापति लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा आफूले ठूला तीन नेता मिलेर नक्कली शरणार्थी प्रकरण सामसुम पार्न खोजिए चौथो दल रास्वपा चुप लागेर नबस्ने चेतावनी दिएको बताए।

‘मैले हिजो प्रधानमन्त्रीलाई भेटेर योसहितका भ्रष्टाचारका प्रकरणमा दह्रोसँग खुट्टा टेकेर छानबिन अघि बढाउन भनेको छु’, उनले भने, ‘तीन नेताहरू यसलाई मिलाउन लागेको देखिँदै छ, तर यदि त्यसो गरिएमा हामी आन्दोलन गर्न तयार छौँ।’

प्रकाशित समय : १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु