global ime bank Long Banner Ad

गृहपृष्ठ यस्तो छ, डल्ले खुर्सानी खानुका फाईदाहरु

यस्तो छ, डल्ले खुर्सानी खानुका फाईदाहरु

यस्तो छ, डल्ले खुर्सानी खानुका फाईदाहरु

डल्ले अथार्त् अकबरे खुर्सानीले खानालाई स्वादिलो मात्र बनाउँदैन स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ ।सामान्यतया नेपालीको दैनिक भान्छामा खुर्सानीको प्रयोग गरिन्छ । खुर्सानीका कति गुण छन् भने कति अवगुण । तर खुर्सानी भित्र पनि विभिन्न जात हुन्छन् ।

ती मध्ये यहाँ हामीले अकबरे अर्थात डल्ले खुर्सानीको बारेमा चर्चा गरेका छौं । हुन त अकबरे खुर्सानी अन्य खुर्सानीको तुलनामा निकै पिरो हुन्छ । तर, यो खुर्सानी जति पिरो हुन्छ उत्तिनै स्वास्थ्यका लागि फाइदाजनक पनि । अकबरे खुर्सानी खानुका फाइदा बारे तल उल्लेख गरिएको छ ।

अकबरे खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनुका साथै यसले हाडजोर्नी लगायतका दुखाइ पनि कम गर्छ ।

अकबरे खुर्सानीको नियमित सेवन गर्ने हो भने पेटमा हुने ग्यास्टिक तथा अल्सर जस्ता रोगहरु निको हुन्छ ।

अकबरे खुर्सानी नियमित सेवन गर्दा यसले मोटोपना घटाउन मद्धत गर्छ ।

अकबरे खुर्सानीमा क्याप्सिसिन पाइन्छ । जसका कारण पेट सम्बन्धिमात्र होइन अन्य रोगीलाई समेत फाईदा पुर्‍याउँछ ।

अकबरे खुसार्नी प्रयोग गरेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । यसको सेवनबाट पिसावको बिरामीलाई समेत फाइदा पुग्छ ।

प्रकाशित समय : ११:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु