global ime bank Long Banner Ad

गृहपृष्ठ भ्रष्टाचारविरूद्ध माइतीघरमा प्रदर्शनः करोडौं पर्ने महल तिमीलाई कसले किन्दियो ?

भ्रष्टाचारविरूद्ध माइतीघरमा प्रदर्शनः करोडौं पर्ने महल तिमीलाई कसले किन्दियो ?

भ्रष्टाचारविरूद्ध माइतीघरमा प्रदर्शनः करोडौं पर्ने महल तिमीलाई कसले किन्दियो ?

आज बिहान ११ बजेदेखि काठमाडौंको माइतीघर मण्डलमा भ्रष्टाचारविरूद्धको प्रदर्शन भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लग्ने भन्दै करोडौं रकम ठगी गरेको घटना बाहिर आएको छ। जसमा उच्च राजनीतिक व्यक्तित्वहरू समेतको संलग्नता देखिएको छ।

प्रहरीले यस घटनामा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १२ जनालाई पक्राउ गरिसकेको छ।यसरी उच्च राजनीतिक व्यक्तित्वबाटै भ्रष्टाचार भएको घटना बाहिरिएसँगै काठमाडौंमा प्रदर्शन भएको हो।

यस प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, डा. गोविन्द केसी लगायत उपस्थित छन्। प्रदर्शनमा ऐक्यबद्धता जनाउन रास्वपा सभापति रवि लामिछाने पनि सहभागी भएका छन्।

‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘भन्नेछौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार’, ‘टोपबहादुर कि टापबहादुर’, सरकार ‘ठूलो माछा पकडी, लगा छिटो हत्कडी’, ‘करोडौं पर्ने महल तिमीलाई कसले किन्दियो ?’ लगायतका नाराहरू सहित उनीहरूले प्रदर्शन गरेका हुन्।

प्रकाशित समय : १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु