global ime bank Long Banner Ad

गृहपृष्ठ कोशी प्रदेशको सरकार फेर्न प्रधानमन्त्रीलाई काँग्रेस महामन्त्रीद्धयको दबाब

कोशी प्रदेशको सरकार फेर्न प्रधानमन्त्रीलाई काँग्रेस महामन्त्रीद्धयको दबाब

कोशी प्रदेशको सरकार फेर्न प्रधानमन्त्रीलाई काँग्रेस महामन्त्रीद्धयको दबाब

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रको सत्ता गठबन्धन अनुसार कोशी प्रदेश सरकार निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छैन । जसकारण गठबन्धन सरकार बनाउने प्रयास रोकिएको छ ।

कोशी प्रदेशमा नयाँ सरकार बनाउने विषयलाई लिएर शुक्रबार कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका थिए ।

कोशी प्रदेश सरकारमा मुख्यमन्त्री एमाले सांसद हिक्मत कार्की छन् भने माओवादी केन्द्रबाट जीवन आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री र दुर्गाप्रसाद चापागाईं भौतिक पूर्वाधार विकासमन्त्री छन् ।

९३ सदस्यीय कोशी प्रदेशसभामा कुनै पनि दलको बहुमत छैन । कांग्रेस–माओवादीसहितको गठबन्धनमा सभामुखसहित ४७ सांसद छन् । विपक्षी दल एमाले र राप्रपाका भने ४६ सांसद छन् । कोशी प्रदेश सरकारमा राप्रपा पनि सामेल रहेकाले यी दुई दलबीच अघोषित गठबन्धन छ ।

संघमा कांग्रेस, एमाले, एकीकृत समाजवादी, जसपा, लोसपासँग गठबन्धन भए पनि कोशी प्रदेशमा एमाले र माओवादी एउटै सरकारमा छन् ।

प्रकाशित समय : ०६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु