गृहपृष्ठ अब लामो दूरीमा चल्ने गाडीको काउन्टर नयाँ बसपार्कमा मात्रै सञ्चालन गर्न पाइने
अब लामो दूरीमा चल्ने गाडीको काउन्टर नयाँ बसपार्कमा मात्रै सञ्चालन गर्न पाइने
काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाउने भएको छ ।
महानगरपालिका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो ।
महानगरपालिका अनुसार यसपछि अब लामो दुरीका बसले नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रु चढाउन र ओराल्न पाउने छैनन् ।
महानगरका अनुसार काठमाडौंमा दैनिक करिब ७ सय संख्यामा सवारी साधन प्रवेश गर्छन् । यही संख्यामा बाहिरिन्छन् । नयाँ बसपार्कको ७५० वटा सवारी साधन व्यवस्थापनका गर्ने क्षमता छ ।
प्रकाशित समय : ०७:०१ बजे



















