गृहपृष्ठ एमालेका युवा–विद्यार्थी संगठनले शक्ति प्रदर्शन गर्ने
एमालेका युवा–विद्यार्थी संगठनले शक्ति प्रदर्शन गर्ने
नेकपा एमाले निकट युवा–विद्यार्थीले १ जेठमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
राजधानी उपत्यकाको रत्नराज्य कलेजबाट प्रज्ञा भवनसम्म मार्चपास सहित शक्ति प्रदर्शन गर्ने भएको हो ।
‘युवा दिवसलाई यसपटक हामी शक्ति प्रदर्शनमा मनाउँदैछौं । त्यो शक्ति प्रदर्शन एमालेविरुद्ध लागेको आरोपको प्रतिरोध पनि हुनेछ’, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले भने ।
उनका अनुसार, शक्ति प्रदर्शनमा दश हजार बढी सहभागिता हुने लक्ष्य लिइएको छ ।
प्रकाशित समय : ०७:३० बजे



















