global ime bank Long Banner Ad

गृहपृष्ठ विनिमयदरः अमेरिकी डलर सँगै घट्यो युरोको भाउ

विनिमयदरः अमेरिकी डलर सँगै घट्यो युरोको भाउ

विनिमयदरः अमेरिकी डलर सँगै घट्यो युरोको भाउ

 नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलर आज ९ पैसाले घटेको हो । अघिल्लो दिन अर्थात बुधबार डलर ३९ पैसाले बढेको थियो। आज एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको छ । यसाअघि बुधबार खरिद मूल्य १३० रुपैयाँ ९७ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ५७ पैसा कायम गरिएको थियो ।

 नेपाल राष्ट्र बैंकले बुधबार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४५ पैसाले घटेको हो । यसअघि बुधबार युरोको खरिदमूल्य १४३ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो ।

त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १६५ रुपैयाँ ११ पैसा र बिक्रीमूल्य १६५ रुपैयाँ ८६ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रुपैयाँ १७ पैसा पाइन्छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल आज एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५ रुपैयाँ ६ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ३६ पैसा र बिक्रीमा २९ रुपैयाँ ४९ पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा तोकिएको छ।

प्रकाशित समय : १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु