global ime bank Long Banner Ad

गृहपृष्ठ परराष्ट्रमन्त्री साउद आज बंगलादेश प्रस्थान गर्दै

परराष्ट्रमन्त्री साउद आज बंगलादेश प्रस्थान गर्दै

परराष्ट्रमन्त्री साउद आज बंगलादेश प्रस्थान गर्दै

परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बंगलादेश जाँदै छन् । बुधवार बिहान मात्र बेलायतबाट फर्केका परराष्ट्रमन्त्री साउँद उक्त सम्मेलनमा भाग लिनका लागि आज बंगलादेशको राजधानी ढाका जान लागेका हुन ।

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मुल कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको हो ।

भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन । उक्त सम्मेलन शनिवारसम्म जारी रहनेछ । चाल्र्स तृतियाको राज्यभिषेक समारोहमा सहभागी हुन लागि गत साता मात्रै उनी बेलायत गएका थिए ।

प्रकाशित समय : ०९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु