nmb bank

गृहपृष्ठ सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

प्रतिनिधिसभा सदस्य अमरेशकुमा सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अकुत सम्पत्ति आर्जन गरेको भन्दै सिंहविरुद्ध आज आयोगमा भ्रष्टाचारको मुद्दा दर्ता भएको हो । सर्लाही कांग्रेसको जिल्ला कार्यसमिति सदस्य रहेका विकास ठाकुरले आज उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेका हुन् ।

कुनै पेसा व्यवसायमा संलग्न नरहेका सिंहले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा गरेको खर्च र विलासी जीवनशैलीसहितलाई आधार मानेर ठाकुरले आयोगमा उजुरी दिएका हुन् । २०६३ सालबाट राजनीतिमा उदाएका सिंहको आर्थिक फड्को नै भ्रष्टाचारको कारण रहेको निवेदनमा ठाकुरले दाबी गरेका छन् ।

कांग्रेस छाडेर प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट चुनाव लडेर विजयी भएका सिंह पछिल्लो समय कांग्रेसप्रति आक्रामक ढङ्गमा प्रस्तुत हुँदै आएका थिए ।

प्रकाशित समय : १५:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु