nmb bank

गृहपृष्ठ स्वदेशमै विद्युत् खपत क्षमता अभिवृद्धि गरिने छ –ऊर्जामन्त्री बस्नेत

स्वदेशमै विद्युत् खपत क्षमता अभिवृद्धि गरिने छ –ऊर्जामन्त्री बस्नेत

स्वदेशमै विद्युत् खपत क्षमता अभिवृद्धि गरिने छ –ऊर्जामन्त्री बस्नेत

सरकारले स्वदेशमै विद्युत् खपत बढाउने स्पष्ट योजना ल्याउने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले बताएका छन् । विद्युत् नियमन आयोगको चौथो वार्षिकोत्सव समारोहमा उनले स्वदेशमा विद्युत् खपत क्षमता अभिवृद्धि गरिने बताएका छन् ।

“पहिला हाम्रो आवश्यकता पूरा गर्न महत्व दिन्छौँ, घरायसी प्रयोजन, औद्योगिक क्षेत्र, यातायात क्षेत्रमा खपत बढाउन योजनाबद्ध ढङ्गले अगाडि बढ्छौँ”, उनले भने,। शतप्रतिशत क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको नीति रहेको जनाउँदै विद्युतीकरणका लागि सार्वजनिक, निजी र सामुदायिक क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन् ।

विद्युत् क्षेत्रलाई व्यवस्थित बनाउन विद्युत् विधेयक सङ्घीय संसद्मा पेस गर्ने तयारी भइरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले कसरी उत्पादन वृद्धि गर्ने, वितरण र व्यापारका लागि पूर्वाधारको व्यवस्था गर्ने भन्ने विषय विधेयकमा समेटिएको जानकारी दिएका छन् ।

प्रकाशित समय : १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु