गृहपृष्ठ आजदेखि अव्यवस्थित तार हटाउँदै काठमाडौ महानगरपालिका

आजदेखि अव्यवस्थित तार हटाउँदै काठमाडौ महानगरपालिका

आजदेखि अव्यवस्थित तार हटाउँदै काठमाडौ महानगरपालिका

आजदेखि काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार काटने कार्यको सुरु गरिँदै छ ।महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो ।

आइतवार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमवारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित समय : ०८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु