global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गराउने गठबन्धनको तयारी

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गराउने गठबन्धनको तयारी

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गराउने गठबन्धनको तयारी

सत्ता गठबन्धनका शीर्ष नेताहरूले नागरिकता विधेयकका बारेमा कानुन व्यवसायीसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नागरिकता विधेयक अहिलेकै अवस्थामा राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा छलफल भएको हो ।

संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेकी थिएनन् ।

सो विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गर्न मिल्छ कि मिल्दैन भन्ने कानुन व्यवसायीसँग सुझाव लिइएको थियो ।

जहाँ कानुन व्यवसायीहरूले उक्त विधेयक अहिलेकै अवस्थामा राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्न मिल्ने सुझाव दिएका छन् ।

प्रकाशित समय : ०७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु