global ime bank Long Banner Ad

गृहपृष्ठ वर्तमान सरकार रहिरहे देश असफल राष्ट्र बन्छ–केपी ओली

वर्तमान सरकार रहिरहे देश असफल राष्ट्र बन्छ–केपी ओली

वर्तमान सरकार रहिरहे देश असफल राष्ट्र बन्छ–केपी ओली

 प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहिरहे देश असफल राष्ट्र बन्ने बताएका छन् । एमाले काठमाडौं महानगर कमिटीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था टाट पल्टिन लागेको र वर्तमान सरकार रहिरहे देश असफल राष्ट्र बन्ने दाबी गरेका हुन् ।

हालै सार्वजनिक राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन उल्लेख गर्दै उनले देशको अर्थतन्त्र ओरालो लागेको बताउँदै देश असफल राष्ट्र बन्ने खतरा औँल्याएका हुन् । देशको अर्थतन्त्र संकटमा रहेको र प्रचण्ड सरकार रहिरहे देश अनिवार्य टाट पल्टिने उनको भनाइ छ ।

अबको डेढ वर्षमा अर्थतन्त्र नसुधारे देश असफल राष्ट्र बन्ने उनको भनाइ छ । आर्थिक अभावका कारण आयातमा समेत कमी आएको बताएका ओलीले तीव्र गतिका साथ अर्थतन्त्र माइनसमा गएको बताएका छन् ।

प्रकाशित समय : १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु