गृहपृष्ठ बालुवाटारमा प्रचण्ड–रवि भेटवार्ता
बालुवाटारमा प्रचण्ड–रवि भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएर लामिछानेले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकोमा लामिछानेलाई बधाइ दिएको उनको सचिवालयले जनाएको छ ।
रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेको बेला बस्न लागेको रास्वपाको केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।
रास्वपाको केन्द्रीय समितिको बैठक सोमबार बिहान ११ बजे बस्दैछ । बैठकमा समसामायिक एजेण्डामा छलफल गर्ने रास्वपाको तयारी छ ।
प्रकाशित समय : १०:४० बजे


















