काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रहरीको पक्राउ सूचीमा रहेका कोइरी उद्योग समिति

9.45K
shares

प्रहरीले पक्राउ गर्न खोजिरहेका सांसद लक्ष्मी महतो कोइरीलाई एमालेले संसदीय समितिमा सामेल गराएको छ । बिहिबार एमालेले बुझाएको संसदीय समितिमा रहने सांसदहरूको सूचीमा कोइरीको नाम उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा परेको छ ।

जसमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव र मंगलप्रसाद गुप्ता पनि छन् ।

कोइरी भने प्रहरीले पक्राउ गर्न खोजेपछि फरार रहेका छन् ।

हत्या मुद्दाका अभियुक्त कोइरीले बिहिबारमात्रै संघीय संसद् सचिवालयलाई दुईवटा पत्र लेखेर आफू बिरामी भएको जानकारी गराएका छन् । सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको हत्या मुद्दामा उच्च अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिँदा पनि सांसद बनिरहेका कोइरीले संघीय संसद् सचिवालयलाई दुई वटा पत्र लेखेर आफू बिरामी परेको जानकारी गराएका हुन् ।