nmb bank

गृहपृष्ठ पछिल्लो समय कांग्रेस ‘पावर बेस पोलिटिक्स’ मा मात्रै केन्द्रित छ–प्रकाशमान सिंह

पछिल्लो समय कांग्रेस ‘पावर बेस पोलिटिक्स’ मा मात्रै केन्द्रित छ–प्रकाशमान सिंह

पछिल्लो समय कांग्रेस ‘पावर बेस पोलिटिक्स’ मा मात्रै केन्द्रित छ–प्रकाशमान सिंह

पछिल्लो समय कांग्रेस ‘पावर बेस पोलिटिक्स’ मा मात्रै केन्द्रित भएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । बोजिनी नगरकोट रिसोर्टमा आजदेखि सुरू भएको कांग्रेस काठमाडौं जिल्लाको बैककलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

“पछिलो समय कांग्रेस पावर बेस पोलिटिक्समा मात्रै केन्द्रित भयो । यसले खासरूपमा राम्रो परिस्थिति सृजना गरेको छैन,” नेता सिंहले भने । उनले कांग्रेसले मूल्यमान्यता र आदर्शको राजनीतिबाट विमुख भएको पनि बताएका छन् ।

उनले उपनिर्वाचनको नतिजालाई सामाधारणरूपमा नलिनका लागि नेता, कार्यकर्ताहरूलाई सुझाव दिएका छन् । उनले नतिजाको गम्भीर समीक्षा गर्नुपर्ने र कमीकमजोरीहरूलाई सुधार्दै लानुपर्ने बताएका छन् ।

प्रकाशित समय : १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु