गृहपृष्ठ कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३ पुग्यो
कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३ पुग्यो
कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । दैलेखमा १७ जना र कालिकोटमा १ जनासहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ।
शनिबार कर्णालीका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा कर्णालीका ७५ जना र बाजुराका १ जना गरी थप ७६ जनामा कोरोना संक्रमण देखिएको हो ।
भारतबाट आएका, सल्यान, दैलेख, कालिकोट र सुर्खेतका नागरिकहरुमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ । जसअनुसार दैलेख जिल्लाका थप १७ जनासहित ३२ जना, कालिकोट का १ सहित १८ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना र कर्णाली बाहेक बाजुराका १ जनामा कोरोना पुष्टि भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेत तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रकाशित समय : १६:४४ बजे


















