global ime bank Long Banner Ad

गृहपृष्ठ उपनिर्वाचन : कुन क्षेत्रमा कति मत खस्यो ?

उपनिर्वाचन : कुन क्षेत्रमा कति मत खस्यो ?

उपनिर्वाचन : कुन क्षेत्रमा कति मत खस्यो ?

प्रतिनिधि सभा सदस्यमा रिक्त रहेका तीन वटा क्षेत्रमा उपनिर्वाचन भइरहेको छ । आज बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।

चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ। आज दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको छ । सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको जानकारी दिएका छन् ।

त्यसैगरी तनहुँ निर्वाचन क्षेत्र नं १ मा ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब सात घण्टामा ३५ प्रतिशत मत खसेको हो ।

त्यस्तै  बारा क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा ४५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार दिउँसो ३ बजेसम्ममा ४५ प्रतिशत मत खसेको हो ।

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु