गृहपृष्ठ ‘बारा-२ को मतदानमा प्रहरी प्रशासनबाट नै धाँधली भयो’
‘बारा-२ को मतदानमा प्रहरी प्रशासनबाट नै धाँधली भयो’
बारा-२ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन ठाउँ-ठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका बुथहरुमा प्रहरीका सई र असइ नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नागो रुपमा देखिई रहेको बताएका छन् ।
उम्मेदवार पुरुषोत्तम पौडेलले भने, ‘ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, इनरवा, सनफुलवा, सिञ्चाईलगायत बुथहरुमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नाङगो रुपमा देखिइरहेका छन् ।’
उम्मेदवार पुरुषोत्तम पौडेलले भने, ‘बारा २ मा भइरहेको उपनिर्वाचले गठबन्धन सरकारको माखौल उडाएको छ । म यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछु ।’
प्रकाशित समय : १५:०५ बजे



















