गृहपृष्ठ भोटेकोशी बाढीपछि २३औँ निजामती सेवा दिवसका सबै कार्यक्रम रद्द

भोटेकोशी बाढीपछि २३औँ निजामती सेवा दिवसका सबै कार्यक्रम रद्द

भोटेकोशी बाढीपछि २३औँ निजामती सेवा दिवसका सबै कार्यक्रम रद्द

काठमाडौं । सरकारले यस वर्ष मनाउन लागेको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ । निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको पत्रअनुसार रसुवागढीस्थित नेपाल–चीन सीमाक्षेत्रमा आएको भीषण बाढीबाट उत्पन्न विपद्का कारण मुलुक शोकको अवस्थामा रहेको तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी खोज, उद्धार तथा राहतकार्यमा खटिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम रद्द गरिएको हो ।

सरकारले भदौ २२ गते मनाउन लागिएको २३औँ निजामती सेवा दिवसका लागि विनियोजित बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु