global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्री दाहालको निर्देशन

नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्री दाहालको निर्देशन

नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेशमा उत्पादित सवारीसाधन दर्ता एवं प्रवर्द्धन गर्नेगरी तत्काल कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

नेपालमा उत्पादित यात्रीसहित सवारीसाधन दर्ता गर्न सरकारले नमाने र ट्राफिक प्रहरीले दुःख दिएकाले आन्दोलन गर्नुपर्ने र यस आन्दोलनको नेतृत्व आफूले लिन तयार रहेको महावीर पुनःले सामाजिक सञ्जालमार्फत बताएपछि प्रधानमन्त्री प्रचण्डको सो निर्देशन आएको हो ।

प्रधानमन्त्री प्रचण्डले ‘यात्री’ लगायत नेपालमा उत्पादित सवारीसाधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस विषयलाई गम्भीरतापूर्वक लिएको र स्वदेशी उत्पादन सवारीसाधन दर्ता तथा प्रवर्द्धनका लागि तत्काल कानुनी प्रक्रियाअघि बढाउन मुख्यसचिवमार्फत् सम्बन्धित पक्षलाई निर्देशन दिएको बताएका हुन् ।

‘‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु । सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

प्रकाशित समय : १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु