गृहपृष्ठ सुख्खा याममा बिजुली उत्पादन नहुँदा लोडसेडिङ भएको हो –कुलमान घिसिङ
सुख्खा याममा बिजुली उत्पादन नहुँदा लोडसेडिङ भएको हो –कुलमान घिसिङ
सुख्खा याममा बिजुली उत्पादन नहुँदा लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । देशभरका उद्योगी व्यवसायीले लोडसेडिङ बढेको गुनासो गर्न थालेपछि घिसिङले पत्रकार सम्मेलनको आयोजना गरेर सुख्खा यामका कारण पावर सप्लाइमा समस्या आएको बताएका हुन् ।
घिसिङले यसपटकको सुख्खा याममा हिउँ नपर्दा हिउँ पग्लिनुपर्ने समय सुख्खा याममा परिणत भएको बताए । पुस माघ महिनामा हिमाली क्षेत्रमा उच्च मात्रामा हिउँ पर्नुपर्ने हो । तर, उक्त समयमा हिउँ नपर्दा यति बेला हिउँ पग्लेर नदिको तह बढ्नुपर्ने समयमा बिजुलीको उत्पादन घटेको प्राधिकरणले जानकारी दिएको छ ।
यस्तै पानी पर्नुपर्नेमा पानी समेत नपरेपछि वीरगन्ज र बिराटरनगर लगायतका क्षेत्रमा सञ्चालित उद्योगमा लोडसेडिङ भएको घिसिङले बताए । ‘सिङले अबको १५ दिन नेपालको माग धान्न मुस्किल परेको बताएका छन् ।
प्रकाशित समय : १४:०३ बजे


















