global ime bank Long Banner Ad

गृहपृष्ठ लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

 कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरबाट लागूऔषध सहित २ जनालाई प्रहरी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सुमित राना र कैलाली धनगढी उपमहानगरपालिका–७ मनहेरा बस्ने १५ वर्षीय किशोर रहेका छन् ।

उनीहरुलाई  खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ७५ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।ईलाका प्रहरी कार्यालयका अनुसार से.७ प ९०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित समय : १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु